Logo

१० पुस,वीरगञ्ज । वीरगञ्जमा भईरहेको प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा वण्डर्स क्लव नोयडा बिजयी भएको छ । नोयडाले युपी– ११ लाई सात विकेटले पराजित गरेको हो ।

नारायणी रंगशालामा भएको खेलमा युपीले दिएको एक सय १५ रनको लक्ष्य नोयडाले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युपीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो ।

यसैगरि अहिले दोस्रो खेलमा पर्सा– ११ र नेपाल पुलिस क्लबबीचको खेल जारी रहेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जनाए । खेलमा टस जितेर पर्सा–११ ले फिल्डिङ रोजेको छ । भने टस हारेर अहिले नेपाल आर्मी ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी–११ र वन्डर्स क्लब नोइडाको सहभागिता रहेको छ ।


सम्बन्धित समाचार