Logo

१० पुस,वीरगञ्ज । पूर्वप्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बढुवामा नपरिएको भन्दै केही समय अगाडि राजीनामा दिएका एसएसपी द्विवेदी आज बुद्धनगरस्थित पार्टी कार्यालयमा प्रवेश गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उनलाई टिका लगाइ पार्टी प्रवेश गराएका हुन् । केही महिना अगाडि भएको डिआइजीहरुको बढुवामा आफ्नो नाम नआएपछि उनी आक्रोशित बन्दै राजीनामा गरेका थिए ।

मधेशी भएको कारणले बढुवामा आफ्नो नाममा नपरेको उनले सार्वजनिकरुपमा दुखेसोसमेत व्यक्त गरेका थिए । उनी कांग्रेसका पूर्वसभापति अजय द्विवेदीका आफन्त समेत हुन् ।


सम्बन्धित समाचार