Logo

१० पुस,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साह बीरगञ्ज आउने भएका छन् । यही १२ गते बीरगञ्जको ओम होटल एण्ड पार्टी प्यालेसमा आउने कार्यक्रम तय भएको छ ।

‘बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गराउन तथा आम जनता सहज कर्जा दिलाउन’ विषयक कार्यक्रम आयोजना हुँदैछ ।

उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष साह आउन लागेको आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले बताए ।


सम्बन्धित समाचार