Logo

११ पुस,बारा । उद्योगीहरुले आर्थिक मन्दी र बिद्युत कटौतीको कारण देखाउँदै मजदुर कटौती गरेको बिरोधमा बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्द जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन गरेका हुन् । उद्योग र प्राधिकरणबिचको द्वन्द्वको मारमा मजदुरहरुले आफूहरू परेको गुनासो गरेका छन् ।

आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी ईलाका प्रशासन कार्यालयको माध्यमबाट नेपाल बिद्युत प्राधिकरण र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बिद्युत प्रँधिकरणले एक्कासी लाईन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु क्टौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराईएको बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ । यसबाट ६ हजार भन्दा बढी श्रीमकहरुको रोजगारीमा असर परेको सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईएको छ ।

यो समस्या तत्काल समाधान नभएको खण्डमा आफुहरु सशक्त संघर्षमा जान बाध्य हुने बिज्ञेप्तिको माध्यमबाट जनाईएको छ ।

 


सम्बन्धित समाचार