Logo

११ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुईवटा खेल सम्पन्न भएका छन् ।

नारायणी क्रिकेट रंगशालामा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी तथा वण्डर्स क्लव नोयडा र नेपाल पुलिस क्लवबिचको खेल सम्पन्न भएको हो । खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी सशस्त्र प्रहरीलाई २६ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो । जवाफी ब्याटिङ गरेको सशस्त्र १९ ओभरमा ८८ रन बनाएर अलआउट भएको थियो ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले वण्डर्स क्लव नोयडालाई ६ विकेटलाई पराजित गरेको हो । नोयडाले दिएको लक्ष्य पुलिसले १२ ओभर २ बलमा चार विकेट गुमाएर भेट्टायो । त्यसअघि पहिले ब्याटिङ गरेको नोयडाले २० ओभर खेलेर ६ विकेटको क्षतिमा ८५ रनको सामान्य लक्ष्य दिएको थियो ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन् ।

 

 


सम्बन्धित समाचार