Logo

सिंगासन साह

११ पुस,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट अवैध काठ बरामद भएको छ ।

जिल्ला वन कार्यालय पर्साले इट्टाभठ्ठामा गरेको छापामारीका क्रममा १२५ घनफिट अवैध दाउरा बरामद गरेको हो ।

बिशेष सूचनाको आधारमा गरिएको छापामारी सुर्य ईट्टाभठ्ठाबाट तस्करी गरी ल्याएको दाउरा बरामद भएको वन कार्यालयका निमित्त प्रमुख फरमान मियाले बताए ।
उनका अनुसार बरामद दाउराको मुचुल्का उठाइ आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

 


सम्बन्धित समाचार