Logo

१२ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।

बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङका अनुसार चौधरीले अवैध रुपले भन्सार छलीका मोबाइलहरु लुकाईछिपाई राखेको सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खानतलासी गर्दा चौधरीको घरबाट उक्त मूल्य बराबरको मोबाइल बरामद भएको निमित्त प्रवक्ता गुरुङले जनाए ।

उनको साथबाट विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाईल कभर फेला परेको उनले बताए ।

बरामद सामानसहित पक्राउ परेका चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार