Logo

१२ पुस,वीरगञ्ज । पर्साके भेडाहा खोलाबाट अवैधरुपले गिट्टी बालुवा उत्खनन् गरि लैजादै गरेको अवस्थामा प्रहरीले ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

मिलनचोकस्थित प्रहरीको टोलीले उक्त ट्रयाक्टरहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जनाए ।

प्रहरीले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र२–०३–००१–४७४७ गरि कुल पाँचवटा ट्रयाक्टर बरामद गरेको प्रहरी निरीक्षक केसरीले बताए ।

नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी भनाइ छ ।


सम्बन्धित समाचार