Logo

१२ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाबाट अवैध रुपले राखिएको काँचो चिरपट दाउरा बरामद भएको छ ।

वडा नं. ७ फुलवरिया टोलस्थित छटघाट नदि किनारमा छुट्टाछुट्टै स्थानमा लुकाई छिपाई राखिएको अवस्थामा दाउरा बरामद भएको हो ।

ईलाका प्रहरी कार्यालय एकटाङ्गा, बिन्दबासीनी कोइलाभार बडनिहार साझेदारी वन गस्ती टोली र सब डिभिजन वन कार्यालय रङ्गपुरबाट संयुक्त रुपले खटिएको टोलीले तीन ट्याक्टर बराबरको दाउरा बरामद गरेको हो ।

बरामद दाउरा तस्करको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले जनाए ।

दाउरा आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको बिन्दबासीनी कोईलाभार बडनिहार साझेदारी वन समितिका अध्यक्ष महमद रिजवानुल हकले बताए ।


सम्बन्धित समाचार