![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/3a2cf34a-eaa0-48dd-89ae-efb2d31a6df4.jpg?fit=1600%2C1200&ssl=1)
१२ पुस,पर्सागढि । बैंकिंग लुट रोक्न वीरगञ्जमा वृहत अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको छ । आम जनता पार्टी मधेश प्रदेश कमिटीले बैंकिंग क्षेत्रको समस्याबारे छलफल आयोजना गरेको हो ।
कार्याक्रममा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा र किसानलाई सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरिएको छ ।
माग सम्बोधन गराउन आजपाले यहि माघ १० गतेका लागि घोषणा गरेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउने सहभागिले प्रतिवद्धता जनाए ।
अन्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता एवं प्रतिनिधिहरु, सरोकारवाला तथा पिडितहरुको उपस्थिति थियो ।