Logo

१२ पुस,वीरगञ्ज । प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ बिजयी भएको छ । एपीएफले पर्सा ११ लाई आठ रनले हराएको हो ।

नारायणी क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्रले पूरै ओभर खेलेर ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पर्सा–११ पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा एक सय २० रनमै सिमित भयो । आजको खेल हारेपनि पर्सा सेमिफाइनलमा प्रवेश गरेको छ । रनरेटको आधारमा पर्सा सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा भोलिदेखि सेमिफाइनल चरणका खेलहरु हुदैँछ ।

भोली हुने सेमिफाइनल खेलमा नेपालका विभागीय टोली आर्मी र पर्सा ११ तथा भारतको वन्डर्स क्लब नोयडा र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बताए ।

 


सम्बन्धित समाचार