Logo

१२ पुस,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमशः काट्दै जाने चेतावनी दिएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै निर्देशक घिसिङले वर्षौंदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताए।
‘६१ वटा उद्योगको यस्तो बक्यौता छ हामी क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जाने नै हो। यो मैले रोकेर रोकिने विषय नै छैन। प्राधिकरणको कारण उद्योगलाई समस्या भएको होइन। जहाबाट समस्या भएको हो। त्यहीँबाट गर भनेको छ। बक्यौता तिर्न आए इन्स्टलमेन्ट स्टलमेन्ट दिन्छौं। तालिका बनाएर कति समयमा तिर्न सकिन्छ। यो पहिलो विकल्प हो।’

उनले पुनरावलोकनमा आउनुपर्ने बताएका छन्। यसरी आउँदा बक्यौताको २५ प्रतिशत रकम जम्मा गरे समस्या समाधान हुने तर आफू मौन बस्न नमिल्ने दाबी गरेका छन्। विद्युत् महशुल आयोगले मूल्य निर्धारण गर्नुअघि २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत प्रयोग स्वभाविक भए पनि २०७५ पछिको र २०७३ माघ अघिको अवस्थामा के गर्ने स्पष्ट निर्देशन कहिँबाट नभएको कारण बिल काट्न बाध्य भएको घिसिङको भनाइ छ।

पछिल्लो एक महिनामा ४५ वटा मुद्दामा विद्युत् प्राधिकरणको पक्षमा फैसला आएको र विगतदेखिका मुद्दा केहीगरी समाधान हुन नसकेकाको हकमा लाइन काट्न बाध्य भएको उनले बताएका छन् ।

 


सम्बन्धित समाचार