Logo

१२ पुस,काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ तोकिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य प्रस्ताव गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो।


सम्बन्धित समाचार