![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/bhabhu-sah.jpg?fit=1200%2C668&ssl=1)
१२ पुस,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशको राजश्व नीति विभेदकारी र लुटकारी भएको आरोप लगाएका छन् ।
आम जनता पार्टीले बिहीबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
देशको राजश्व नीति जनताको विकाशको लागि हुनुपर्नेमा नेता र पुँजीपतिहरुको विकाशको लागि भएको बताउदै साहले देशका ठुला–ठुला उद्योगपतिहरुले नै राजश्व छलि गरिरहेको आरोप लगाए ।
‘हामीहरुले दुई वटा कुरा उठाएको छौ राजश्व समान हुनुपर्छ र जनताको हितकारी हुनुपर्छ तर आजको राजश्व निती बिभेदकारी छ, उनले भने, ‘उद्योगपतिहरुले कारखानामा भएको सामान भन्दा कम सामान भएको देखाएर राजश्व छलि गरिरहेका छन, कर छली गर्ने समातिएपनि छाडिन्छन् ।’
भन्सारमा भएको ४५ प्रतिशत पुरुस्कार कर्मचारीदेखि लिएर मन्त्रीसम्मले पाउने गरेकोले उक्त ब्यावस्था खारेज गर्नुपर्ने आजपा अध्यक्ष साहको माग छ ।
प्रदेश सरकारले ‘बेटी पढाऔ बेटी बचाऔ’ कार्यक्रममा व्यापक भ्रष्टचार गरेको औल्याए । उनले सात हजारको साईकल ११ हजारमा खरिद गरेर भ्रष्टाचार गरेको तर्क दिए ।
माग पूरा नगरिए आम जनता पार्टीले मधेश बन्द गर्ने घोषणा गरेको छ । माघ १० गते मधेश बन्द गर्ने आजपाले घोषणा गरेको हो ।