Logo

१३ पुस,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ भलहीस्थित एरोटेक प्रा.लि. ले करिब ५ कठ्ठा सार्बजनिक जग्गा मिचेर उद्योग बनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

उद्योगले सार्वजनिक कुलो करिब ५ कठ्ठा मिचेर पक्की पर्खाल बनाएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । स्थानीयले उजुरी दिन साथ जीतपुरसिमरा उपमहानगरले पत्र काटेर भवन बनाउँने कार्यलाई रोकेको छ ।

यसअघि पनि कुलो मिचेर भवनहरु पनि बनाएको पाएपछि काम रोकेको पूर्व वडा अध्यक्ष असलम देवानले जानकारी दिए । उनले उद्योगले विगतमा प्रयास असफल भएपछि अहिले वडाका जनप्रतिनिधिलाई प्रभावित पारेर निर्माण कार्य अघि बढाएको आरोप लगाए ।

सार्वजनिक कुलो मासेर पर्खाल बनाएको, नापनक्सा नगरेको र स्वीकृत समेत नलिएको उजुरी परेपछि उपमहानगरपालिकाले उद्योगलाई पत्रचार गरेर सबुत प्रमाण लिई उपस्थित हुन भनेको छ ।सिलिन्डर बनाउने उद्योगले पूर्व–उत्तरतर्फ पर्खाल बनाउँदै छ ।

यता वडा अध्यक्ष मुस्तकीम अन्सारीले उद्योगसँग मिलेमत्तो गरेर कुलो निर्माण गर्न दिएको आरोप अस्विकार गरेका छन् । उनले आफुमाथि लागेको आरोप झुटो भएको बताए ।उनले उनले पर्खाल निर्माणका लागि वडामा स्विकृतका लागि निवेदन दिएको छ ।

तर स्विकृत दिन बाँकी रहेको अवस्थामा निर्माण कार्य अघि बढाईएको बताए ।उनले पर्खाल लगाउँदा नम्बरी जमिन बनेको दाबी गरे । उनका अनुसार ८ फिटको कुलो कायमै राखेर पर्खाल सिधा गरि बनाउने क्रममा २/३ फिट च्यापेको र ८/१० फिट छाडेर अवस्था रहेको प्रष्ट पारे ।

पर्खालको नक्सा पास रहेको/नरहेको, सार्वजनिक कुलो सम्वन्धि आधारभूत मापदण्ड पालाना गरेको/नगरेको सबुत प्रमाण लिई यो चिठी प्राप्त भएको सात दिन भित्र यस कार्यालय मा उपस्थित हुन् अनुरोध गरेको छ ।

अन्यथा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने भवन अनुमति तथा नियमन शाखा प्रमुख इन्जिनियर अभय कान्त झाले उद्योगलाई लेखेको पत्रमा उल्लेख छ ।भवन निर्माण कार्य स्विकृति नलिई बनाईए भत्काउने अधिकार स्थानीय तहलाई छ ।

स्थानीय सरकार सचालन एन २०७४ बमोजिम नगर प्रमुखको आदेशमा संरचना भत्काउन सक्ने व्यवस्था अनुुसार तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।


सम्बन्धित समाचार