Logo

१३ पुस,वीरगञ्ज । जिल्ला प्रहरी बाराले भन्सार छलीको प्याज सहित ट्रक नियन्त्रणमा लिएको छ ।प्रहरीले ना ६ ख २६२५ नम्बरको ट्रकमा रहेको १७ टन सातसय तीस केजी प्याज बरामद गरेको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ गईरहेको मालवाहक ट्रकमा भन्सार छलीको प्याज रहेको सूचना प्रहरीमा आएको थियो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा भीसीटीएस अनलाईन बिलमा गिट्टी देखाएर प्याज लोड गरेर लैजादैँ गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको हो ।

बाराका निमिक्त प्रवत्ता प्रहरी निरीक्षक रबिन्द्रराज गुरुङका अनुसार बरामद गरिएको प्याजको मूल्य अन्दाजी नौ लाख ३० हजार ८२५ र ट्रकको मूल्य १८ लाख गरी २७ लाख ३० हजार ८२५ मूल्य कायम गरिएको छ ।

प्याजसहित ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको निमित्त प्रवक्ता गुरुङले बताउनुभयो ।

 


सम्बन्धित समाचार