Logo

१३ पुस,वीरगञ्ज । सिद्धार्थ बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्याक्रमको आयोजना गरिएको छ ।

वीरगंज श्रीपुर शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वीरगन्ज १२ मुर्ली स्थित आफ्नै परिसरमा आयोजित कार्यक्रममा ४ महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा स्मिता साह, खुस्बु चौधरी, अर्जुन पोखरेल, भरत पौडेल, राम कुमार चौहान, सुबोध जोशी, दिपेश श्रीवास्तव, श्याम सुन्दर साह, भरत ठाकुर, अजय कुमार प्रजापति लगायतका रहेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जनाए ।

कार्याक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

 

 


सम्बन्धित समाचार