Logo

१३ पुस,काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको खुलेको छ । राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ । यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।


सम्बन्धित समाचार