Logo

फाइल तस्विर

१३ पुस,वीरगञ्ज । पर्साको पर्सागढि नगरपालिकाबाट तीन थान सालको गोलिया बरामद भएको छ ।

नगरपालिकाको वडा नं. ३ बडनिहार बजारदेखि पूर्वी भागमा रहेको समसान घाटबाट वन गस्ती टोलीले तीन थान सालको काठ बरामद गरेको हो । बिन्दबासीनी कोईलाभार बडनिहार साझेदारि वन क्षेत्रबाट सालको रुख कटान गरि महिलाको समूहले ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।

सब डिभिजन वन कार्यालय बडनिहारका सुवेदार बिनोद प्रसाद कुर्मीको कमाण्डमा खटिएको वन गस्ती टोलीले उक्त काठ बरामद गरेको जनाएको छ । तस्करी गर्दै गरेका महिला गस्ती टोलीलाई देख्नासाथ काठ छाडेर फरार भएका सुवेदार कुर्मीले बताए ।

बरामद काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय वडनिहारमा राखिएको छ ।

वन क्षेत्रबाट अहिले पुरुषभन्दा बढि महिलाले सालको रुख कटान गरि पर्सागढि आसपास रहेका विभिन्न फर्निचरमा पु¥याउने गरेको स्थानीयको भनाइ छ ।


सम्बन्धित समाचार