Logo

१४ पुस,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज एकजना वृद्ध मृत भेटिएका छन् । गाउँपालिकाको वडा नं. ५ स्थित हुलाकी सडकखण्डको मनिहर्वा गाउँ नजिक एकजना वृद्ध मृत भेटिएका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ मिथिला नगरका पुरुषोत्तम क्षेत्री मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । क्षेत्री खाली गाई फर्ममा झुण्डिएको अवस्थामा फेला परेका वडा नं. ५ का वडाध्यक्ष विपिन मुखिया बिनले बताए ।

उनलाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरी नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको प्रहरी निरिक्षक केसरीले जनाए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार