Logo

१४ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले पर्सा–११ र नेपाल पुलिस क्लब भिड्दै छन् । नारायणी क्रिकेट रंगशालामा खेल सुरु भएको छ ।

खेलमा टस जितेर नेपाल पुलिसले ब्याटिङ रोजेको छ । यस्तै टस हारेर पर्सा अहिले बलिङ गर्दै छ ।

यसअघि हिजो सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै दुवै टिमले उपाधि भिडन्तका लागि फाइनलमा स्थान बनाएका हुन् ।

हिजो भएको सेमिफाइनल खेलमा पर्सा–११ ले त्रिभुवन आर्मी क्लबलाई ३१ रनले र नेपाल पुलिसले भारतको वाण्डर्स क्लब नोयडालाई ४ रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पर्सा क्रिकेट संघको आयोजनामा पुष १२ देखि सुरु प्रतियोगितामा नेपालका तीन विभागिय टिमका साथै पर्सा–११ तथा भारतको युपी–११ र वण्डर्स क्लब नोयडा गरी कूल ६ टिमको सहभागिता थियो ।


सम्बन्धित समाचार