Logo

१४ पुस,काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा परेर ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहका परिवारलाई सरकारले १०÷१० लाख उपलब्ध गराउने भएको छ।

शुक्रबारको घटनापछि शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समावेदना व्यक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बालकुमारी घटनाका घाइतेको स्वास्थ्य लाभको कामना पनि सरकारले गरेको छ। घाइतेको सम्पूर्ण उपचार खर्च पनि गर्ने निर्णय गरेको छ। त्यसबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई दिने निर्णय भएको शर्माले बताइन्।


सम्बन्धित समाचार