Logo

१४ पुस,वीरगञ्ज । प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । वीरगन्जमा सम्पन्न फाइलन खेलमा पुलिसले पर्सा–११ लाई १ सय रनले हराएको हो ।

नारायणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले जितका लागि पर्सालाई १ सय ४६ रनको लक्ष्य दिएको थियो । उसले पूरै ओभर खेलेर ८ विकेटको क्षतीमा १ सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पर्सा ११ ओभरमै पूरै विकेट गुमाएर ४५ रनमै अलआउट भयो ।

यसैगरि प्रतियोगितामा तेस्रो स्थान नेपाल आर्मी क्लवे हासिल गरेको छ । आर्मीले भारतको वण्डर्स क्लव नोयडालाई ६ विकेटले पछि पार्दै तेस्रो स्थान हात पारेको हो ।

पर्सा क्रिकेट संघको आयोजनामा पुष १२ देखि सुरु प्रतियोगितामा नेपालका तीन विभागिय टिमका साथै पर्सा–११ तथा भारतको युपी–११ र वण्डर्स क्लब नोयडा गरी कूल ६ टिमको सहभागिता थियो ।


सम्बन्धित समाचार