Logo

१४ पुस,बारा । बारा जितपुरसिमरा उपमहानगरपालिका अमलेखगञ्जमा होमस्टे संचालनको तयारीमा लागी परेको छ ।

उपमहानगरपालिकाको वडा नं.२१ र २२ नम्बर वडालाई समेटेर पर्यटकीय गन्तव्यको रुपमा बिकासका लागी पुर्वाधार तयार पारिरहेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.२२ को चकरी गाउँलाई होमस्टे गाउँका रुपमा बिकास गर्न लागेको हो ।

चकरीका करिव दुई दर्जन स्थानियलाई होमस्टे संचालन सम्वन्धि ५ दिने आधारभुत तालिम दिएको छ । २० जनालाई जनही १८ हजारका दरले उहाँहरुलाई बिभिन्न व्यवसायीक समाग्री समेत हस्तान्तरण गरिएको छ ।


सम्बन्धित समाचार