Logo

१५ पुस,वीरगञ्ज । बारा जिल्लामा २५ वर्षीय महिला बलात्कृत भएकी छिन ।

बाराको बारागढी गाउँपालिका वडा न ४ निवासी २५ बर्षिया महिलालाई स्थानीय बर्ष ३५ को श्याम साह तेलिले घरमा कोहि नभएको मौका छोपी महिलालाई जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएकी छिन ।

पिडित महिला केही महिना देखि माईतिघरमा बस्दै आएकी थिइन । उनको आमा घर बाहिर गएको बेला उनी बलात्कारको सिकार हुन पुगेकी उनको आमाले बताईन ।

बितेको पुस ३ गते स्थानीय श्याम साह तेलिले घरमा प्रवेश गरि बलात्कार गरेर फरार रहेको साह विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय बारामा पुस ५ गते किटानी जाहेरी समेत दिइएका छन ।

बलात्कृत महिलाको मेडिकल जाँच प्रादेशिक अस्पताल कलैयामा गरिएको थियो । बलात्कार जस्तो जघन्य अपराधमा दोषी उम्कन नपाउने बाराको प्रहरी प्रमुख सुरेश काफ्लेले बताउनु भयो ।

 


सम्बन्धित समाचार