Logo

१५ पुस,जनकपुर । नेपाल औषधि व्यवसायी संघ धनुषाको अध्यक्षमा प्रमोदकुमार अग्रवाल प्यानलसहित निर्वाचित भएका छन् ।

शनिबार भएको जिल्ला अधिवेशनबाट संघका पुर्व महासचिवसमेत रहेका अग्रवालसहित सम्पूर्ण प्यानल निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष अग्रवाललाई एक सय ४६ मत आएको छ भने उनका निकटतम प्रतिद्वन्दी मनोजकुमार साहलाई ८५ मत आएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजकिशोर साह, उपाध्यक्ष (थोक विक्रेता) सन्तोष कुमार साह, उपाध्यक्ष(खुद्रा विक्रेता) रामनाथप्रसाद साह, महासचिवमा डा. सरोजराय यादव, सचिवमा मनीशंकर प्रसाद साह, कोषाध्यक्षमा चन्द्रभुषणप्रसाद साह, सहकोषाध्यक्षमा विनोद पजियार निर्वाचित भएका छन् ।

त्यस्तै सदस्य (थोक विक्रेता) प्रमोदकुमार ठाकुर, सदस्य (खुद्रा विक्रेता) जयशंकर साह, सदस्य मनोहर ठाकुर, संजय जलान, धैर्यकान्त झा निर्वाीचत भएका छन् ।


सम्बन्धित समाचार