Logo

TOPSHOT – Fireworks explode over the Sydney Harbour Bridge and Sydney Opera House (L) during New Year’s Eve celebrations in Sydney on January 1, 2024. (Photo by Izhar KHAN / AFP)

१६ पुस,वीरगञ्ज । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ।

पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सम्बतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी ,पर्साको ठोरी, वीरगञ्जको भिशवालगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ।


सम्बन्धित समाचार