Logo

१७ पुस,काठमाडौं। माघ ११मा हुने राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा दुई सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको छ। मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा केन्द्रित थियो।

कांग्रेस सपभाति शेरबहादुर देउवा उपसभापति, पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्रीसमेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सो छलफलमा सहभागी थिए।

दुई दलबीच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको एक नेताले बताए। दुई दलबीच बुधबार सत्ता गठबन्धनको बैठक बोलाउने र थप छलफल गर्ने सहमति भएको छ।

आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ।


सम्बन्धित समाचार