Logo

१७ पुस,वीरगञ्ज । वीरगञ्जको एक सुनचाँदी पसलमा राजश्व अनुसन्धान पथलैयाले छापा मारेको छ ।

वीरगञ्जको माइस्थानस्थित आर.के एण्ड सन्स सुनचाँदी पसलमा राजश्व अनुसन्धान कार्यालय पथलैया बाराको टोलीले मंगलबार दिउँसो छापा मारेको हो ।
स्रोतका अनुसार उक्त पसल सुनचाँदी व्यवसायी रामनाथ साह सोनारको हो ।

विशेष सूचनाको आधारमा सुनचाँदी पसलमा छापा मारिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम प्रसाद देवकोटाले पुष्टि गरे । सुनचाँदी पसलको बारेमा सूचनाहरु आएपछि अनुसन्धानका लागि आएको टोलीले कागजपत्र लिएर फर्केको राजस्व अनुसन्धान पथलैयाका प्रमुख देवकोटाको भनाइ छ ।

बा २ झ १४३५ नम्बरको स्कारपियोमा आएको राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले एक बोरा कागजपत्र लिएर गएको बताइएको छ ।
सुन तस्करीका घटनामा बारा, पर्साका सुनचाँदी व्यावसायीहरुको पनि संलग्नता रहेको सञ्चार माध्यमहरुमा आउने गरेकोले केही सूचना पाएर नै राजश्व अनुसन्धानको टोलीले छापामारेको हुनसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार