Logo

१९ पुस,वीरगञ्ज । प्रहरीले ब्यापारी र उनका छोराछोरीलाई फोनबाट मार्ने धम्की दिने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । धम्की दिएको आरोपमा प्रहरीले फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय भगवान् साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहले ९८०१५७७५१० नम्बरको मोबाइलबाट एक जना ब्यापारीलाई पटक पटक फोनमार्फत उनी र उनका छोराछोरीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । साहले फोनबाट पाँचदेखि ५० लाखसम्मको रकम माग गरेको सूचनाको आधारमा अनुसन्धानको क्रममा उक्त मोबाईल साहकै रहेको पाइएपछि उनलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिईन ।

साहलाई अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान एवं कारवाही अगाडि बढाई सोमा संलग्न अन्य व्यक्तिको पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको गिरीले बताइन् । प्रहरीले नेपाली नक्कली नोटसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप जैसवाल छन् ।

उनलाई देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । जैसवालको साथबाट एक हजार दरका १ हजार ८४३ थान नेपाली नक्कली नोट गरी जम्मा १८ लाख ४३ हजार बरामद गरिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

जैसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताइन् ।

नक्कली नोटसहित पक्राउ परेका जैसवालाई मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।


सम्बन्धित समाचार