Logo

१९ पुस,वीरगञ्ज । बारा प्रहरीले १ लाख ५५ हजार मूल्य बराबरका सामानसहितको पिकअप नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उक्त सामग्रीहरु बरामद गरेको हो । बाराको फरकफरक स्थानबाट उक्त मूल्य बराबरका सामानहरु पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखिएपछि उक्त, सामानसहितको पिकअप पक्राउ गरेको उनको भनाइ छ ।

पक्राउ परेका सामानसहित पिकअपमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार