Logo

१९ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–६ बबुआइन बस्ने ३१ वर्षीय सोनालाल प्रसाद यादव र जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिलवा बस्ने २५ वर्षीय मुनिलाल प्रसाद यादव रहेका छन् ।

सोनालालमाथि शिक्षा सम्बन्धि मुद्दामा ७ हजार जरिवाना तोकिएको छ । भने मुनिलालविरुद्ध चोरी सजायमा ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार