Logo

२० पुस,पर्सागढी । पर्साको पर्सागढी नगरपालिकामा आज २०९ औँ बिजय उत्सव मनाइएको छ ।

विक्रम सम्बत १८७१ पौष १९ गते पर्सागढिका स्थानीय रन्जित चौधरीको कुसल युद्ध रणनिति तथा गोर्खाली सेनाको सहयोगमा आधुनिक हातहतियार सहित भारतबाट प्रवेश गर्न लागेको ब्रिटिस सेनालाई पराजित गरि स्थानीयहरुको सहयोगमा गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक दिनको रुपमा बिजय उत्सब मनाईन्छ ।

नेपालका तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले बिजय गढि पर्सागढिलाई विरताको पहिचान कायम गर्न स्थानीय रन्जित चौधरीलाई संरक्षणको जिम्मा समेत दिएक थिए ।
पर्सागढि नगरपालिका कार्यलयबाट विभिन्न झाँकी र नेपाली सेनाको टोलिबाट बाजागाजा सहित युद्ध स्थल पर्सागढि कार्यक्रम स्थल पुगेको थियो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सांसद अजय कुमार चौरसिया थिए । उनले राष्ट्रिय झन्डात्तोलन र नेपाली सेनाले सलामी दिई कार्यक्रमको उद्घाटन भएको थियो ।

सांसद चौरसियाले पुर्खाको विरासत बोकेको पर्सागढिको पहिचान र बिकासको लागि आफू सदैव तयार रहेको बताए । उनले पर्सागढिको जग्गा संरक्षणमा ध्यान दिन अनुरोध समेत गरे ।

यस्तै प्रदेस सदस्य श्याम पटेलले आगामी आर्थिक बर्षमा आफ्नो बिकास कोषबाट २० लाख बिकासको लागि दिने र अरु थप बिकासको लागि प्रदेसश सरकारको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा पर्सागढिका नगरप्रमुख गोकर्ण पाठकले पर्सागढि युद्ध स्थलको बिकासको लागि जग्गाको समस्या रहेको बताए । पर्सागढिको सयैँ बिघा जग्गा स्थानीय ब्यक्तिले आफ्नो नाममा गरेकाले विकासमा समस्या आएको जनाए ।

कार्यक्रममा पर्सागढिका पूर्व उपमेयर अर्चना चौधरी, पूर्व मेयर लोकनारायण यादव, थारु कल्याणकारी सभा पर्साका उपाध्यक्ष भागवत चौधरी , वडा अध्यक्ष नवलकिशोर कलवार, रामबढाई प्रसाद यादव, सेख खुर्सेद, सुकमान तामाङ, प्रमुख प्रसासकीय अधिकृत छबिरमण भट्टराई, नेपाली सेनाका उपसेनानी सन्देश तामाङ, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केसर श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य मनोज चौधरीले गरेका कार्याक्रमको सहजीकरण बलिराम शुक्लाले गरेका थिए ।


सम्बन्धित समाचार