Logo

२० पुस,वीरगञ्ज । बारा प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भई फरार भएका उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट समेत खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वा बस्ने ५० वर्षीय रामाज्ञा प्रसाद यादव, जीतपुरसिमरा वडा नं. ७ जितपुर बस्ने २७ वर्षीय जितेन्द्र सहनी, कलैया उपमहानगरपालिका–१५ बकुलहर बस्ने अंसारुल हक र सोही वडाका ईजहार मियाँ रहेका छन् ।

रामाज्ञाविरुद्ध शरिरबन्धक तथा अपहरण मुद्दामा ६ महिना कैद, जितेन्द्रमाथि लागुऔषध मुद्दामा १ वर्ष कैद तथा १० हजार जरिवाना तोकिएको छ । यस्तै अंसारुल र ईजहारविरुद्ध कुटपिटसम्बन्धि मुद्दामा जनही ६ लाख ५० हजार जरिवाना छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।


सम्बन्धित समाचार