२० पुस,वीरगञ्ज ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफ्र्यू आदेश गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले अहिले साँझ साढे ५ बजेदेखि भोली बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गर्नुभएको हो ।
उहाँले एक विज्ञप्ती जारी गर्दै सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थितीलाई नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार बरहथवा नगरपालिका सिमाभित्र पूर्वमा सितापूर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्नी पुलसम्म कफ्र्यू लगाइएको हो ।
उहाँका अनुसार आदेशको पालना नगर्ने वा उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरि कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिनुभयो ।