Logo

२२ पुस,काठमाडौं। सत्तारूढ गठबन्धनका ठूला दलको बैठक बालुवाटारमा बसिरहेको छ।

राष्ट्रियसभा निर्वाचनमा सीट बाँटफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठूला दलको बैठक बसिरहेको हो।

प्रधानमन्त्रीको सरकारी निवासमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु अहिले छलफलमा रहेका छन्।

भोलि हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अघि गठबन्धन भित्रका ठूला दलले भागबन्डा टुंग्याइसक्नु पर्ने दबाबका बीचमा यो बैठक बसिरहेको हो। मुख्यतः नेकपा एसले पाउने भागबन्डाका लागि यो बैठक बसिरहेको एक नेताले जनाएका छन्।

तर, गठबन्धन भित्र रहेका अन्य साना दललाइ भने राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरिएको छैन। उनीहरूलाइ बैठकमा पनि बोलाइएको छैन। जसअनुसार जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरू बैठकमा सहभागी भएका छैनन्।

 


सम्बन्धित समाचार