Logo

२२ पुस,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकन नागरिकको साथबाट सुन बरामद भएको छ ।
शनिबार राती दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका यात्रुको साथबाट सुन बरामद भएको हो ।

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार