Logo

२२ पुस,सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा फेरि कफ्र्यू आदेश जारी गरेको छ । कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म लागू हुने गरि कफ्र्यूू आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कफ्र्यू लगाइएको हो ।

पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी उनले जनाए ।

उक्त समयमा कुनै प्रकारको भेला गर्न र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ ।
पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको हा ।

गत शुक्रबार बहरथवामा भएको प्रदर्शनको क्रममा स्थानीय ३० वर्षीय जयशंकर साहको ज्यान गएको थियो । घटनालगत्तै कार्यालयले शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि कफ्र्यू लगाएको थियो ।


सम्बन्धित समाचार