Logo

२२ पुस,वीरगञ्ज । चिसो बढ्दै गएको भन्दै बीरगञ्ज महानगरपालिकाले केही समयको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको नगर शिक्षा समितिको आज बैठकले भोलीदेखि १ गतेसम्मका लागि हिँउदे विदा दिने निर्णय गरेको जनाइएको छ ।

शिक्षा शाखा अधिकृत हरि राउतको हस्ताक्षरमा जारी एक विज्ञप्तिमा भनिएको छ,‘केही समयदेखि चिसो बढ्दै गइरहेको छ, विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै २३ गते (भोली) देखि १ गतेसम्मका लागि जाडो विदा दिइएको निर्णय छ । त्यसकारण सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको अनुरोध छ ।’

महानगरपालिकाबाट जारी विज्ञप्तिमा भने परीक्षा सञ्चालन भइरहेको विद्यालयको हकमा यो निर्णय लागू नहुने भनिएको छ ।
त्यहा भनिएको छ– परीक्षा सञ्चालन भइरहेको संस्थागत विद्यालयको हकमा भने परीक्षा यथावतरुपमा सञ्चालन गर्नुहुन आदेशानुसार अनुरोध छ ।

यसीबीच पर्साको बहुदरमाई नगरपालिकाका विद्यालयमा जाडो बिदा

केहि दिनदेखि एक्कासी बढेको चिसोको कारण पर्सा जिल्लाको एक नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ ।

बहुदरमाई नगरपालिका अन्र्तगतका सामुदायिक तथा धार्मिक विद्यालयमा जाडो बिदा दिएको हो । नगरपालिकाका नगरप्रमुख सिंगासन सा तेलीले आज एक सूचना जारी गर्दै आजदेखि चार दिनका लागि पालिका अन्र्तगतका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गरिएको जनाए ।

बढ्दो शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै चार दिनका लागि विद्यालयमा जाडो बिदा दिने निर्णय भएको उनले बताए । पुष २६ गते बिहिबारदेखि पूनः विद्यालयमा नियमित पठनपाठन सूचारु हुने सूचनामार्फच जनाइएको छ ।

सो अवधिमा विद्यालयको प्रशासनिक कार्य भने सञ्चालन हुने मेयर तेलीको भनाइ छ ।


सम्बन्धित समाचार