Logo

२३ पुस,वीरगञ्ज । बारा प्रहरीले १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट समेत खटिएका प्रहरी टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

पक्राउ पर्नेहरुमा बाराको कलैया–१५ बकुलहर बस्ने सहदेव सहनी, वडा नं. ५ घुसुकपुर बस्ने सागर प्रसाद लामिछाने, महागढीमाई नगरपालिका–२ बस्ने रुसतम आलम, वडा नं.२ का राजेश प्रसाद यादव, वडा नं. ५ कबही बस्ने अनिल कुमार साह, वडा नं. ७ तेलगाईका राजेन्द्र राय यादव र नवल प्रसाद यादव, सोही वडाका अनुठा प्रसाद यादव, सिम्रौनगढ–९ बसवरियाका रामु प्रसाद यादव, आदर्शकोतवाल–६ पटेर्वाका सुखलाल महतो कोइरी, वडा नंं ८ कोतवालीका बिनोद लाल कर्ण रहेका छन् ।

यसैगरि बाराको फेटा गाउँपालिका–६ पुरैनिया बस्ने लालबाबु ठकुराई र तोबारक अंसारी रहेका प्रवक्ता न्यौपानेले बताए ।

पक्राउ परेका उनीहरुलाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार