Logo

२३ पुस,जनकपुर । मधेश प्रदेशमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोमबार प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयमा मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिनुभयो ।

यसअघि एमालेबाटै उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुग्नुभएका अर्जुनसिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएको सूचना अधिकारी राउतले बताउनुभयो । मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटका लागि आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।


सम्बन्धित समाचार