Logo

२३ पुस,वीरगञ्ज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलीका ४७ किलो चाँदीसहित बारा र पर्साका तीनजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा राजधानीको विभिन्न ठाउँबाट बिल विजक बिनाको चाँदीको गहनासहित तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका प्रहरीले बारा कलैया १० निवासी कामेश्वर शाह, बाराकै विश्रामपुर गाउँपालिका मनिष सर्राफ र पर्सा बीरगञ्ज ३ निवासी सुमन कुमार सर्राफलाई पक्राउ गरेको हो ।

राजस्व छली गरी बिल विजक बिना चाँदी भण्डार गरिएको आएको सूचनाअनुसार सबैलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जनाए ।
उनका अनुसार पक्राउ परेका तिनै जनामाथि राजस्व छली सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।


सम्बन्धित समाचार