Logo

२४ पुस,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका भारतीय कुखुराका चल्ला बरामद गरि नष्ट पारेको छ ।
भारतबाट अबैध रुपमा भारतीय बोईलर कुखुराको चल्ला पैठारी कार्य नियन्त्रण तथा निरुत्साहित अभियान अन्र्तगत उक्त चल्लाहरु नष्ट पारिएको पर्सा प्रहरीले जनाएको छ ।

तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छलेर क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपालतर्फ भित्राउँदै गरेको सूचना जिल्ला प्रहरी कार्यालय पर्सालाई आएको थियो । सोही सुचना बमोजिम खोजतलास गर्ने क्रममा वीरगञ्ज–२१ डकैलाबहुअरी स्थित सडकखण्डबाट ३ हजार ८ सय गोटा कुखुराका चल्ला बरामद भएको पर्सा प्रहरीका प्रवक्ता कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार भारतीय चल्ला ओसारपसार गर्दै गरेको अवस्थामा दुईवटा भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिआर ०५ डि ९७२५ र बिआर ०५ क्यू ३२६५ नम्बरको मोटरसाइकल पक्राउ गरेको उनले बताए । प्रहरी टोलीलाई देख्नासाथ कुखुराको चल्ला छाडी तस्कर फरार भएको र चल्लालाई आजै वीरगञ्ज–१९ तिलावे खोलाको बगरमा नष्ट पारिएको डिएसपी थापाको भनाइ छ ।

नियन्त्रणमा रहेका भारतीय मोटरसाइकललाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइने प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार