Logo

२४ पुस,वीरगञ्ज । प्रहरीले करिब एकसय २ ग्राम लागुऔषध खैरो हेरौइनसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा–७ बस्ने ३८ वर्षीय बिनोद प्रसाद गुप्ता र ३८ वर्षीय फिरोज चौधरी रहेका प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त चेकिङ टोलीले लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गस्ति गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले बताए । बाटो छेउमा उभिएर शंकाष्पद रूपले कुराकानी गरिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट एक सय २ ग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीको आरोप छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाको भनाइ छ ।


सम्बन्धित समाचार