Logo

२४ पुस,पोखरिया । सशस्त्र प्रहरी पर्साले एकसय ६८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साको टोलीले गाँजा बरामद गरेको हो ।

विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट ठोरीतर्फ जादैँ गरेको बा ११ च ९६८६ नम्बरको बोलेरो पिकअपबाट उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी संगम श्रेष्ठले बताए ।

पिकअपमा फल्स वटम वनाई लुकाएर राखिएको १६ पोकामा प्रतिवन्धित गाँजा बरामद भएको उनको भनाइ छ । साथै सशस्त्र प्रहरीले पिकअपका चालकको साथबाट ७८ हजार ५ सय नेपाली रुपैँया र २ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

पिकअप चालक, सहचालक र गाँजासहित पिकअपलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जनाए ।

डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका चालक र सहचालकमाथि आवश्यक अनुसन्धान भईरहेकाले उनीहरुको नाम खुलाइएको छैन ।


सम्बन्धित समाचार