Logo

२५ पुस,वीरगञ्ज । वीरगञ्जमा “नमूना संयुक्त राष्ट्रसंघीय सम्मेलन” सम्पन्न भएको छ । अमेरिकी दूतावासको सहकार्यमा वैचारिक युवा समाजले मधेश प्रदेशलाई लक्षित गर्दै आयोजना गरेको नमुना सयुँक्त राष्ट्र संघ सम्मेलनको तेस्रो संस्करणे वीरगञ्जको टाउन हल मा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, अधिवक्ता अमिता शर्मा लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा सहभागी १८ देखि ३० वर्ष उमेर समूहका ४९ जना युवाहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा र अजेण्डामा आधारित रहेर बहस तथा छलफल गरेका थिए ।

पहिलो समिति (एसओसिएचयुएम) ले बाल र जबरजस्ती विवाह सम्बन्धी सामाजिक एवम् सांस्कृतिक मुद्दामा छलफल गरेको थियो ।

दोस्रो समिति (युनिसेफ) ले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने विषयका विविध आयामका बारेमा अर्थपूर्ण छलफल गरेको कार्यक्रम संयोजक बैचारिक युवा समाजले जानकारी दिए । सबै युवाहरुलाई विभिन्न देशको प्रतिनीधि बनाइएको थियो ।

जसमा प्रतिनीधिहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुका साथै वैचारिक बहस, कुटनीतिक वार्ता तथा मस्यौदाका प्रस्तावहरु प्रस्तुत गरेका थिए । समस्या बिश्वब्यापी प्रकृतिको रहेतापनी यसले मधेस प्रदेशको समाजिक स्तम्भहरुमा असर पारेको हुनाले “सोसियल रिसट्रकटुरेसन “ अथार्त समाजको पुनर्संरचनाको टुकी बालेको हुनाले आयोजक समितिले यो बिसयमा बहस राखेको बताएका छ्न।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

महिला उद्यमी चञ्चला दासले पनि सम्मेलनलाई निरन्तरता दिई आगामी दिनमा अरु छुटेका युवालाई पनि समावेश गराउन आग्रह गरिन् ।
सम्मेलनले मधेश प्रदेशको शैक्षिक गुणस्तरीयता र युवा जागरणको पहलमा सकारात्मक उपलब्धी हासिल भएका्े वैचारिक युवा समाजका दिलिप कुमार हजराले बताए ।

यो सम्मेलनबाट केही प्रतिनीधि छनौट गरेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन (एभरेष्ट अन्तर्राष्ट्रिय नमुना सयुँक्त राष्ट्र संघ सम्मेलन) मा सहभागी गराइने उनले जानकारी गराए । वैचारिक युवा समाजले अब कर्णाली प्रदेशमा यही सम्मेलनको आयोजना गर्ने तयारी गरीरहेको पनि उनले बताए ।

 


सम्बन्धित समाचार