Logo

२५ पुस,वीरगञ्ज । पर्सासहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन अस्तव्यस्त भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न सास्ती भएको छ ।

आज विहानबाट शितलहरसहित अत्यधिक चिसो हावा चल्न थालेपछि चिसो झनै बढेको छ । चिसोका कारण बाहिर हिँडडुल गर्न समस्या हुने गरेको वीरगञ्ज महानगरपालिका वडा नं. १० निवासी अरुन साहले बताए ।

चिसो एक्कासी बढ्नाले ज्यालादारीमा काम गर्नेहरु विशेष प्रभावित बनेका छन् । वीरगञ्ज १४ निवासी नवराज ढकालले एक्कासी बढेको चिसोका कारण घर बाहिर निस्केर काम गर्ने कठिन भएको गुनासो गरे । उनले काम नगरि छाक नटर्ने गुनासो गर्दै एक्कासी बढेको चिसोका कारण हात खुट्टा ठिहिराएर काम गर्ने नसक्ने अवस्था आएको बताए ।

जाडोका कारण स्कुल जाने बालबालिका, दैनिक ज्यालादारीमा घर बनाउने, सडक बनाउनेलगायतका काम गर्ने कामदारहरुलाई समस्या भएको छ । यसैगरी, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् । चिसो बढेपछि जाडो छल्नका लागि मान्छेले ठाउँ ठाउँमा आगो बालेर तापिरहेको देख्न सकिन्छ ।

तराईका अधिकांश भू–भागमा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शितलहरसँगै चिसो बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ ।

वीरगञ्जमा आजैबिहानदेखि कुहिरो लागेर मौसम धुम्म छ । कुहिरोका कारण घामसमेत लाग्न सकिरहेको छैन ।

विहानदेखि अपराह्नसम्मै बाक्लो कुहिरो लाग्दा चिसो बढ्दै गइरहेको छ ।

 


सम्बन्धित समाचार