Logo

२६ पुस,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेती नष्ट अभियानलाई तिव्र बनाएको छ ।

अभियान अन्र्तगत प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा अवैध रुपले लगाइएको गाँजा खेती नष्ट पार्दै आएको हो । सोही अभियान बमोजिक प्रहरीले आज पनि अवैध रुपले लगाइएको गाँजा खेती फाडेर नष्ट पारेको जनाएको छ ।

पर्सागढी नगरपालिका वडा नं. २ स्थित लगाइएको गाँजा खेती नष्ट पारेको प्रहरीले बतायो । सिन्गाइ खोलाको किनारमा अवैध रुपले लगाइएको डेढ कठ्ठा गाँजा नष्ट पारेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले जनाए ।

प्रहरीले उक्त स्थानको आठसय बोट गाँजा फाडेको उनले बताए । प्रहरी चौकी मनवा पर्साबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको ४ जनाको टोलीले उक्त गाँजा फाडेर प्रहरीले जनाएको छ ।

यसअघि हिजो पनि प्रहरीले जीराभवानी गउँपालिका वडा नंं २ सेढवा र वडा नं. ३ जितपुर टोलमा लगाइएको गाँजा खेती फाडेर नष्ट पारेको थियो । हिजो ७ ठाउँमा १ हजार ८ सय बोट गाँजा फडानी गरि नष्ट पारिएको प्रहरी निरिक्षक प्रहरी बताउँछ ।


सम्बन्धित समाचार