Logo

२६ पुस,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिल गरेको छ । वीरगञ्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले आज सस्ंथाको वीरगञ्जस्थित कार्यालयमा शिलबन्दी गर्नुभएको हो ।

वडा न ६ का वडा अध्यक्ष जयप्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी सहायक निरीक्षक राम इश्वर महतोको रोहवरमा सहकारीमा शिलबन्दी गरिएको सहकारी शाखा प्रमुख कर्णले बताउनुभयो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिको भन्दै महानगरपालिकाले कारवाही प्रक्रिया अघि बढाएको छ ।
सोही कारवाही बमोजिम शिलबन्दी गरिएको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार