Logo

२७ पुस,वीरगञ्ज । पर्साको पर्सागढीका विपन्न, तथा गरिब परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
नगरपालिकाको वडा नंं ५ जिङनास्थित मुसहर बस्तीका गरिब, अपाङ्ग, असहाय, एकल महिलाहरुलाई कम्बल वितरण गरिएको हो ।

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलले मुसहर बस्तीका घरपरिवारलाई ४० थान कम्बल वितरण गरेको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । लायन अन्तर्राष्ट्रियका संस्थापक लायन मेल्भिन जोन्सको १४५ औ जन्मजयन्तीको अवसरमा कम्बल वितरण गरिएको उनले बताए ।

बढ्दो शितलहरबाट केहि राहत पु¥याउने उद्देश्यले कार्याक्रमको आयोजना गरि क्लबकी सदस्य मिनाक्षी कर्मचार्य गुप्ता, विद्या सरावगी, रोमी कैरतथा लगायतले उक्त सामग्री वितरण गरेका हुन् ।


सम्बन्धित समाचार